logo-img

विश्वकपमा अफगानिस्तानको सानदार सुरुवात, युगान्डालाई १२५ रनले हरायो

अफगानिस्तानले नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा युगान्डालाई १२५ रनले हराउँदै अफगानिस्तानले विश्वकपमा विजयी सुरुवात गरेको हो । 

युगान्डाले भने विश्वकपको डेब्यू खेलमा सम्झनयोग्य प्रदर्शन गर्न सकेन । आफ्नो पहिलो खेलमा अफगानिस्तानले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा ५८ रनमै अलआउट भयो । उसका लागि रोबिन्सन ओबुयाले १४ र रियाजत अली शाहले ११ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अफगानिस्तानका लागि फजलहक फारुकीले पाँच, राशिद खान र नवीनउल हकले दुई/दुई तथा मुजीबउर रहमानले एक विकेट लिए ।   

त्यसअघि क्यारेबियन देश गयानास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनायो । 

उसका लागि ओपनिङ ब्याटरद्वय रहमानउल्लाह गुर्बाज र इब्राहिम जाद्रानले अर्धशतकीय पारी खेले । गुर्बाजले ४५ बलमा चार चौका र चार छक्कासहित ७६ तथा जाद्रानले ४६ बलमा ९ चौका र एक छक्काको मद्दतमा ७९ रनको पारी खेलेका हुन् ।

यस्तै, मोहम्मद नाबीले १४ रन जोडे । युगान्डाका लागि कसमस केउटा र ब्रायन मसाबाले दुई/दुई विकेट लिए । आज हुने विश्वकपमा खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।



यी दुई टिमबीचको नेपाली समयअनुसार राति ९ः१५ देखि अमेरिकको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियमम सुरु हुनेछ ।   



  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया