logo-img

विश्वकप क्रिकेटले नेपालको पहिचान थप उच्च बनाउनेछ : प्रधानमन्त्री दाहाल
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।

उनले आज बिहान सामाजिक सञ्जालमा मार्फत शुभकामना दिँदै विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनुका साथै नेपाली टिमले ऐतिहासिक सफलता प्राप्त गर्ने विश्वास पनि व्यक्त गरेका छन् । 

यस्तै, प्रधानमन्त्री दाहालले नेपाल अब क्रिकेटको देशका रूपमा पनि स्थापित हुन लागेकोमा खुसी व्यक्त गरेका छन् । 

‘सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ । मेरो विश्वास छ– विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ । उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ,’ उनले भनेका छन् । 

प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले खेल क्षेत्रको विकासका लागि निरन्तर प्रोत्साहन गरिरहेको पनि स्मरण गराएका छन् । 

‘देशको प्रतिष्ठा बढाउन निरन्तर मिहिनेत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको छ,’ उनले भनेका छन् । 





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया