logo-img

मधेस सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले मधेस प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिने भएकाे छ । एकीकृत समाजवादीले मधेस सरकारबाट बाहिरिन त्यहाँकाे संसदीय दललाई निर्देशन दिइसकेकाे छ । 

केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो । सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । 

केन्द्रबाट नयाँ समीकरण अनुसार सरकार बनाउन निर्देशन गएपछि र सोही निर्देशनअनुसार पार्टीको संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तयारी गरेकाे हाे । 

एकीकृत समाजवादीबाट मधेस सरकारमा संसदीय दलका नेता गोविन्द न्यौपाने र बेची लुंगेली गरी २ जना मन्त्री छन् । यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मधेस सरकारबाट बाहिरिइसकेका छन् । 

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले भने विश्वासको मत दिने भएकाे छ ।





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया