भारतमा लोकसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मंगलबार बिहानदेखि भइरहेको मतगणनामा भाजपा नेतृत्वको एनडिएले अग्रता लिइरहेको छ।
मंगलबार साँझ ६ बजेसम्मको परिणामअनुसार एनडिएले ४२, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १६ र अन्य दलले ३ सिट जितेका छन्।
एनडिए २५०, इन्डिया गठबन्धन २१६ र अन्य दल १६ सिटमा अग्रता लिइरहेका छन्। लोक सभा ५४३ सिटको हो।
भारतमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ। सन् २०१९ मा एनडिएले ३५२, इन्डियाले ९४ र अन्य दलहरूले ९७ सिट जितेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।