logo-img

आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउने माओवादीको तयारी

सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकामध्ये एक वर्ष पुगेका मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ । 

माओवादीले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई फिर्ता बोलाउने तयारी गरेको हो । 

जेठ अन्तिम सातासम्ममा मन्त्रिपरिषद् हेरफेर गरिसक्ने प्रधानमन्त्रीको सचिवालयको तयारी छ । यसका लागि प्रधानमन्त्रीले पार्टीका नेताहरूसँग निरन्तर अनौपचारिक छलफल गरिरहेका छन् । 

अर्थमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई भने निरन्तरता दिने प्रधानमन्त्रीको तयारी छ । तामाङको मन्त्रालय भने हेरफेर हुने भएको छ । पर्यटन मनत्रालयमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई ल्याउने तयारी छ । 

माओवादीबाट रिक्त हुने मन्त्रालयमा माधव सापकोटा, राजन दाहाल र महेन्द्रबहादुर शाहीको चर्चा छ ।  उनीहरूमध्ये सापकोटाको सम्भावना बलियो छ । उनलाई सूचना तथा सञ्चार या परराष्ट्रमन्त्री बन्ने सम्भावना छ ।

शक्ति बस्नेतलाई ऊर्जा मन्त्रालयबाट हटाएर पर्यटन मन्त्री रहेका तामाङलाई सो मन्त्रालयमा पठाउने तयारी छ । दाहाल या शाहीमध्ये एकलाई मन्त्री तथा सुशीला श्रीपालीलाई राज्यमन्त्री बनाउने माओवादीको तयारी छ ।



नाउपा र जनमतलाई एक–एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । त्यसका लागि माओवादी र एमालेले एक–एक मन्त्रालय छाड्नुपर्नेछ । 

यता, जसपा टुक्र्याएर नयाँ पार्टी गठन गरेको अशोक राई नेतृत्वको पार्टीले पनि थप एक मन्त्रालयमा दाबी गरिरहेको छ । 



  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया