logo-img

राष्ट्रपति र प्रधानमन्त्री नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्दै

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल आआफ्नो निवासबाट अवलोकन गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले खेल अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । नेपाली क्रिकेट टिमले दोस्रो पटक टी–२० विश्वकप खेल्दै छ । 

त्यस्तै राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा प्रथम महिला सविता पौडेलको साथ खेल अवलोकन गरेको स्वकीय सचिवालयले जनाएको छ ।  

यसअघि राष्ट्रपतिले नेपाली टिमलाई शुभकामना दिँदै कप्तान नेपाली टिमलाई  भिडियो सम्वाद मार्फत शुभकामना दिएका थिए । 





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया