भारतमा लोकसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। हालसम्म चार सयभन्दा बढी सिटको परिणाम आइसकेको छ।
मंगलबार बिहान सवा ८ बजेदेखि सुरु भएको चुनावको मतगणनामा हालसम्म ४ सय ५ सिटको अन्तिम नतिजा आइसकेको छ । जसमध्ये भाजपा नेतृत्वको एनडिए गठबन्धनले २२७ सिट जितेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले १६३ सिट जितेको छ।
कुल ५४३ मध्ये सुरत सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।