logo-img

टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै

वेस्ट इण्डिज र अमेरिकामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह ‘ए’ मा रहेको भारतले पहिलो खेल आयरल्याण्डसँग खेल्न लागेको हो । 

यी दुई टिमबीचको खेल राति नेपाली समय अनुसार राति सवा ८ बजेदेखि न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा सुरु हुनेछ । यही मैदानमा भारत र पाकिस्तानबीचको पनि खेल हुने भएकाले एक साता अघिदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको छ । न्यूयोर्कमा आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत पारिएको जनाइएको छ ।

टी–२० आईअन्तर्गत नासाउ काउन्टीमा अहिलेसम्म एउटा मात्र खेल खेलिएको छ, जुन निकै कम स्कोरिङ भएको थियो । नासाउको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाको टोली ७७ रनमा मात्रै सीमित भयो ।

यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो । यस्तो अवस्थामा आयरल्याण्ड भारतलाई अपसेट गर्न सक्छ । भारत र आयरल्याण्डबीचको तथ्याङ्क हेर्दा यी दुई टोलीबीच अहिलेसम्म सात खेल भइसकेका छन्, जसमा भारत अपराजित छ ।

रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीले आयरल्याण्डलाई सहजरूपमा लिने छैन । भारतीय टोली कागजमा निकै बलियो मानिन्छ । टोलीमा अनुभव र युवा जोशको विशेष मिश्रण छ ।

यस्तै, आयरल्याण्डको टोली पनि आज पहिलोपटक भारतलाई हराउने लक्ष्यका साथ मैदान उत्रने छ । 
 





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया