logo-img

डोटीमा जिप दुर्घटना : एकको मृत्यु, आठजना घाइते
प्रतीकात्मक तस्वीर

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् ।

दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप डोटीको बुडरनजिक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु हो । मृतकको परिचय खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी वरिष्ठ नायब निरीक्षक धनञ्जयकुमार मल्लले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज बिहान धनगढी जाँदै गर्दा दुर्घटना हुँदा घाइते भएका आठ जनामध्ये चार जनालाई बढी चोट लागेको छ । 

घाइतेलाई धनगढीस्थित निसर्ग हस्पिटलमा पइठाएको प्रहरी वरिष्ठ नायब निरीक्षक मल्लले बताए । 





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया