logo-img

आज कतिमा हुँदै छ सुनचाँदीको कारोबार ?

नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । 

यसअघि मंगलबार भने सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको थियो । मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। 

हालसम्मकै उच्चबिन्दुमा पुग्दा मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया