logo-img

वातावरण पत्रकारिता पुरस्कार बसन्तप्रताप सिंहलाई प्रदान गरिने

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ‘विश्व वातावरण दिवस- जुन ५’ को वातावरण पत्रकारिता पुरस्कार–२०२३ पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ । सिंहलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने नेफेजले जनाएको छ ।

समूहले प्रत्येक वर्षको ५ जुनमा पत्रकारको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२३ भरी वातावरण र दिगो विकासका विषयमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी मूल्यांकन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेफेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कारका लागि नेफेजले आवेदन दिन आह्वान गरेको थियो । नेफेजद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२३’ पाउने सिंह ३७औँ पत्रकार हुन् । यो पुरस्कार नेफेजको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिनेछ । 





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया