logo-img

संसदीय छानबिन समितिको पहिलो बैठक जारी, के हुँदै छ छलफल ?

सहकारी ठगी प्रकरणबारे छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसेको छ । संसद भवन बानेश्वरस्थित शंकर हलमा आज पहिलो बैठक बसेको हो । 

सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन विशेष समितिको बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन् । 

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै संसदीय छानबिन समिति गठन माग गरेपछि गठित उक्त समितिको आजको बैठकले समितिको भावी कार्ययोजना तयार गर्ने बताइएको छ । 

एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठन भएको समितिमा सरिता भुसाल, ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल सदस्य छन् ।





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया