logo-img

भारतीय प्रधानमन्त्री मोदीले दिए पदबाट राजीनामा, लोकसभा भंग
बहुमतका लागि भाजपालाई ३२ सिट अपुग

भारतीय प्रधानमन्त्री मोदीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिमण्डलले १७औँ लोकसभा भंग गर्ने सिफारिस गरेसँगै उनले पनि पदबाट राजीनामा गरेका हुन् । 

प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसँग संवाद गरेर राजीनामापत्र बुझाएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्सहित आफ्नो पनि राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीकाे राजीनामा स्वीकार गर्दै राष्ट्रपतिले नयाँ सरकार नबनुन्जेल पदमै रहन अनुरोध गरेकी छिन् ।

मंगलबारसम्म लोकसभाका ५४३ सिटमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले २९२ अर्थात् लोकसभाकाे बहुमत प्राप्त गरेकाे छ । उक्त नतिजाअनुसार मोदी पुनः तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने प्रबल सम्भावना छ । 

एनडिए गठबन्धनले पाएकाे २९२ सिटमध्ये माेदीसम्बद्ध भारतीय जनता पार्टीले २४० सिट जितेकाे छ । एउटै दलकाे बहुमत नभएकाले गठबन्धनमा रहेका दलले धाेका दिएमा माेदी प्रधानमन्त्री बन्न पाउने छैनन् ।



सरकार गठनका लागि २७२ सिट चाहिने भएकाले भाजपाका लागि एक्लै सरकार बनाउन ३२ अपुग छ । त्यसकार सरकार गठनका लागि उनले एनडिए गठबन्धनका अन्य दलसँग सहयोग लिनुपर्छ । 





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया