logo-img

मुख्यमन्त्री यादवलाई कांग्रेस र लोसपाले विश्वासको मत दिने, पुग्ला त बहुमत ?

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । यादवलाई नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए । यस्तै, लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिन ५४ सांसदको समर्थन जुटाउनुपर्छ ।

मधेश प्रदेशसभामा कांग्रेसको २२, जसपाको १९ र लोसपाको ८ सिट छ । यो संख्या ४९ मात्र पुग्छ । यादवलाई बहुमतका लागि पाँच सिट अपुग छ ।





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया