logo-img

प्रधानमन्त्री कप : भलिबलमा नेपाल पुलिसद्वारा त्रिभुवन आर्मी पराजित

विभागीय टोली नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको आज भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा पुलिसले आर्मीलाई ३१ सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट २५–२७ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पार्यो । पुलिसले आर्मीमाथि २६–२४, २५–२१, २५–१८ ले जितेको हो ।

यसअघि पुलिसले सुदूरपश्चिम, बूढानीलकण्ठ र कोशी प्रदेशलाई समान ३–० ले पराजित गरेको थियो । त्यस्तै, आर्मीको भने यो पहिलो हार हो । यसअघि आर्मीले बूढानीलकण्ठ, कोशी, एपिएफ र सुदूरपश्चिमलाई समान ३–० को सेटमा हराएको  थियो ।

पुरुषतर्फ आजै सम्पन्न खेलमा सुदूरपश्चिमले कोशीलाई ३–१ सेटमा पराजित गरेको छ । आजै भएको महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० तथा आर्मीले न्यु डायमन्डलाई ३–२ को सेटमा हराएको थियो ।





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया