logo-img

विश्वकपमा आयरल्याण्डविरुद्ध भारतको सानदार जित, रोहित-ऋषभको उत्कृष्ट ब्याटिङ

भारतले अमेरिका र वेस्ट इण्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । गएराति भएको समूह ‘ए’ को खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै उपाधि दाबेदार भारतले विजयी सुरुवात गरेको हो ।  

आफ्नो पहिलो खेलमा आयरल्याण्डले दिएको ९७ रनको विजय लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कप्तान रोहित शर्माले ३७ बलमा चार चौका तीन छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै, ऋषभ पन्तले २६ बलमा तीन चौका र दुई छक्कासहित अविजित ३६ रन बनाए । सूर्यकुमार यादव दुई र विराट कोहली एक रनमा आउट भए । ​आयरल्याण्डका लागि मार्क अडेयर र बेन ह्वाइटले एक/एक विकेट लिए ।

त्यसअघि अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्ड १२.२ ओभरमा ९६ रनमा अलआउट भयो ।

उसका लागि ग्यारेथ डेलानीले अविजित २६, जोस लिटलले १४, कर्टिस क्याम्फरले १२ र लोर्कान टकरले १० रन जोडे । भारतका लागि हार्दिक पाण्ड्याले तीन, जसप्रित बुमराह र अर्शदीप सिंहले दुई/दुई तथा मोहम्मद सिराज र अक्षर पटेलले एक/एक विकेट लिए ।

विश्वकपमा नेपालले आफ्नो दोस्रो खेल यही ३० जेठमा श्रीलंकासँग खेल्ने तालिका छ । समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो । 





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया