logo-img

विश्वकप छनोट : पहिलो जितको खोजीमा नेपाल, आज यूएईसँग भिड्दै

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले दोस्रो चरणको खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ देखि साउदी अरबको दम्मामस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियममा सुरु हुनेछ ।

खासमा यो खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामै खेल्नुपर्ने हो । तर, एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै दशरथ रंगशालामा हुने भनिएका विश्वकप छनोटका खेल न्यूट्रल भेन्युमा गर्न भनेको थियो ।

सोहीअनुसार नेपाली टिम विश्वकप छनोटको अन्तिमका दुवै खेल साउदी अरबमा खेल्न लागेको हो । नेपालले यही ११ जुनमा यमनसँग पनि साउदीको प्रिन्स मोहम्मद विन फहद स्टेडियममै खेल्ने तालिका छ ।

पहिलो जितको खाेजीमा नेपाल

विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले अहिलेसम्म जित निकाल्न सकेको छैन । नेपालले यसअघि खेलेका चारवटै खेलमा पराजय बेहोरेको थियो । छनोट चरणको अवे म्याचमा यूएईसँग नेपाल ४–० ले पराजित भएको थियो ।



यस्तै, नेपालले यमनसँग २–० को पराजय बेहोर्‍यो । नेपाल बहराइसँगको पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० ले पराजित भयो । जारी विश्वकप छनोटको चरणमा नेपाली खेलाडीले एउटा गोल पनि गर्न सकेका छैनन् । नेपालले अहिलेसम्म प्रतिस्पर्धा गरेको चार खेलमा १४ गोल खाँदा एउटा पनि फर्काउन सकेको छैन ।

फाइल तस्बिर



नेपालको लक्ष्य अब अब बाँकी दुई खेलमा गोलको खाता खोल्नुका साथै एसियन कप छनोटको तेस्रो चरणको तयारी गर्नु हुनेछ । नेपालले एसियन कपको तेस्रो चरणमा ६ खेल खेल्न पाउनेछ । उक्त छनोटको खेल आउँदो वर्षको मार्चदेखि सुरु हुनेछन् । 

आयुष घलानको कमब्याक

विश्वकप छनोटको बाँकी दुई खेलका लागि युवा फरवार्ड आयुष घलानले टिममा पुनरागमन गरेका छन् । प्रारम्भिक टोलीमा नरहे पनि उनी अन्तिम टिममा भने समावेश भएका हुन् ।

नेपाल पुलिस क्लबका आशिष राई पनि टोलीमा परेका छन् । चोटका कारण अञ्जन विष्ट, दिनेश हेन्जन र फत्तेमान घले भने टोलीबाट बाहिरिएका छन् ।  

नेपाली टोली :

गोलकिपर : किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर : अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द

मिडफिल्डर: भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई

फरवार्ड : जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी । 

  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया