logo-img

विश्वकपमा युगान्डासँग पिएनजी ७७ रनमै अलआउट

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा पपुवा न्यूगिनी (पिएनजी) ले युगान्डालाई ७८ रनको सामान्य लक्ष्य दिएको छ । क्यारेबियन देश गयानास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पिएनजी १९.१ ओभरमा ७७ रनमै अलआउट भयो ।

उसका लागि हिरी हिरीले १५, किप्लिन डोरिगा र लेगा सियाकले १२/१२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । युगान्डाका लागि अल्पेश रामजानी, जुनमा मियागी, फ्रान्क सुबुगा र कसमस केउटाले दुई/दुई विकेट लिए । 

७८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको युगान्डाले पनि निकै खराब सुरुवात गरेको छ । उसले ६.३ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर २६ रन मात्र जोडेको छ ।

जारी विश्वकपमा समूह ‘सी’ मा रहेको पिएनजी र युगान्डाले पहिलो खेलमा हार बेहोरेका थिए । पिएनजीले पहिलो खेलमा वेस्ट इण्डिज तथा युगान्डाले अफगानिस्तानसँग हार बेहोरेका हुन् ।
 





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया