logo-img

एनडिए गठबन्धनबाट मोदी नै प्रधानमन्त्रीमा अनुमोदन

भारतको सत्तारुढ गठबन्धन एनडिएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट राजीनामा दिएका थिए । 

८ जुनमा नयाँ प्रधानमन्त्रीको सपथको तालिका सार्वजनिक भइसकेकाले प्रधानमन्त्री निवासमा बुधबार साँझ भएको एनडिए गठवन्धन बैठकलले मोदीलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । बैठकमा नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, टीडीपी प्रमुख चन्द्रबाबु नायडू, बिहारका मुख्यमन्त्री नितिश कुमार र जेडीयु नेता लालन सिंह र सञ्जय झा उपस्थित थिए ।

बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारले सरकार गठन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गरेका थिए । लोकसभाको निर्वाचनमा एनडिए गठबन्धनले २९२ सिट जितेको छ । भारतको लोकसभा ५४३ सदस्यीय रहेको छ । बहुमतका लागि २७२ सिट आवश्यक पर्छ ।

यो चुनावमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले भने २४० सिट मात्रै जितेको छ । अघिल्लो पटक ३०३ सिट जित्दै सरकार बनाएको भाजपाले यसपटक भने गठबन्धन गरेर चुनावमा गएको थियो । चुनावी  नतिजाले भाजपाको लोकप्रियता भने घटेको पुष्टि गरेको छ ।   
 





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया