logo-img

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध

हावाहुरीले बिजुलीका पोल हुरीले ढालेपछि वीरगञ्ज र आसपास क्षेत्रमा ९ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । बिजुली  नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । 

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले बिहीबार बिहान १ बजे हुरीले ढालेका पोल उठाउन काम भइरहेको बताए । उनका अनुसार  आज अपरान्हसम्म बिजुली आपूर्ति हुनेछ । 

वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । 





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया