logo-img

अमेरिकी निर्वाचनपछि पनि रुस-अमेरिका सम्बन्धमा कुनै परिवर्तन हुँदैन : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जोसुकैले जिते पनि रुस–अमेरिका सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् ।

उनले सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रमपछि ‘एसोसिएटेड प्रेस’लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाका पत्रकारको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएका हुन् । 

‘अमेरिकी जनताले जसलाई राष्ट्रपति चुन्छन्, हामी उहाँसँग काम गर्नेछौँ,’ पुटिनले भने । यसअघि पुटिनलाई डोनाल्ड ट्रम्पसँग नजिक रहेको आरोप लाग्ने गरेको छ ।

अमेरिकी चुनावमा रुसी ह्याकरको प्रयोग हुने गरेको पनि चर्चा हुने गरेकाले पुटिनलाई ट्रम्पसँग जोड्ने गरेका थिए । तर, पुटिनले स्पष्टरूपमा अमेरिकी नेतृत्व जो आए पनि फरक नपर्ने भन्दै विगतका आरोपबाट पनि मुक्त हुन खोजेको रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गर्न थालेका छन् ।  

रुसी नेताले यस वार्षिक फोरममार्फत रुसको विकास देखाउने र लगानीकर्तालाई आकर्षित गर्ने प्रयास गरेका थिए । पत्रकारसँग भेटघाट अघिल्लो सत्रहरूको भाग भए पनि पुटिनले युक्रेनमा सेना पठाएपछि सेन्ट पिटर्सबर्गमा आयोजित कार्यक्रममा पश्चिमी पत्रकारको प्रश्नको जवाफ भने दिएनन् ।
 





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया