logo-img

कमजोर बनेका नरेन्द्र मोदी तेस्रो कार्यकालमा कति समयसम्म प्रधानमन्त्री रहलान् ?
​नीतीश र नायडूलाई साथमा राख्नु नरेन्द्र मोदीका लागि ठूलो चुनौती
फाइल तस्बिर

भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालमा कति समयसम्म प्रधानमन्त्री रहने र कस्तो मनोवृत्तिमा काम गर्ने त्यो अब नितिशकुमार र चन्द्रबाबु नायडूमा भर पर्नेछ । 

पछिल्ला दुई पटक केन्द्रमा भाजपाले आफ्नै बलमा बहुमत पाइरहेको थियो, तर यस पटक कुनै न कुनै रूपमा एनडीएले पाएको छ । यस्तो अवस्थामा मोदीले आफ्ना धेरै एजेन्डालाई पन्छाएर राख्नुपर्ने हुनसक्छ ।

भाजपाले २४० सीट जितेको छ । तर, बहुमतका लागि २७२ सीट चाहिन्छ। यद्यपि मोदीको पार्टी सम्मिलित एनडीएले २९३ सिट पाएको छ । जो सरकार बनाउन पर्याप्त छ ।चन्द्रबाबु नायडूको तेलुगु देशम पार्टी र नितिश कुमारको जनता दल युनाइटेडले मिलेर २८ सिट जितेका छन् र एनडीएलाई बहुमतको अंकमा पुर्‍याएका छन्।

यो अवस्था नरेन्द्र मोदीका लागि त्यति सहज छैन, किनकि प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो दुई कार्यकालमा निकै बलियो स्थितिमा थिए । नरेन्द्र मोदीसँग गठबन्धन सरकार चलाउने अनुभव पनि छैन । उनी गुजरातमा मुख्यमन्त्री हुँदा पनि बलियो बहुमतको सरकार थियो ।

वास्तविकता यो हो कि मोदी भाजपाको कमाण्डमा आएपछि एनडीए गुट सानो हुँदै गयो । अकाली दल र शिवसेना भाजपाका दशकौं पुरानो साझेदार थिए तर दुबै लामो समय अघि अलग भइसकेका छन्।

यसपटक नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने भएकाले सरकार चलाउन सबैलाई साथमा लैजानुपर्ने भएको छ । चन्द्रबाबु नायडू र नितिश कुमारलाई साथमा लिने उन अगाडि सबैभन्दा ठूलो जिम्मेवारी र चुनौती हुनेछ।



नरेन्द्र मोदी दिल्लीमा आएपछि भाजपासँग नितिश कुमार र नायडूबीचको सम्बन्ध पनि निकै तिक्त बनेको छ । २०१४ मा नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री हुँदा र यो लोकसभा चुनावअघि नै एनडीएमा फर्किएपछि नायडू र नितिश भाजपाको विरोधी शिविरमा थिए।

के होला नायडू र नितिशको अडान ?



जब नरेन्द्र मोदीले मंगलबार साँझ भाजपा मुख्यालयबाट आफ्ना कार्यकर्ता र समर्थकहरूलाई सम्बोधन गरे, उनले विशेष गरी चन्द्रबाबु नायडूको आन्ध्रमा ठूलो विजय र बिहारमा नितिश कुमारको कारण एनडीएको विजय सम्भव भएको उल्लेख गरे।

आन्ध्रमा तेलुगु देशमको पक्षमा फैसला आएपछि चन्द्रबाबु नायडूले ट्विटरमा लेखेका थिए, ‘आन्ध्र प्रदेशका जनताले हामीलाई बलियो जनादेश दिएका छन्। यो जनादेश हाम्रो गठबन्धन र राज्यमा जनताको विश्वासको प्रतिबिम्ब हो । हामी आन्ध्र प्रदेशको पुनर्निर्माण गर्नेछौं र यसको गौरव पुनर्स्थापित गर्नेछौं ।’

आफ्नो ट्वीटमा चन्द्रबाबु नायडूले एनडीए गठबन्धनको कुरा गरे तर १२ सिट जितेका नितिश कुमारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

अङ्ग्रेजी पत्रिका द हिन्दूको रिपोर्टका अनुसार मंगलबार बिहार बीजेपी अध्यक्ष सम्राट चौधरीले नितिश कुमारलाई धेरै पटक भेट्ने प्रयास गरे तर नितिश कुमारले भेटेनन् । भारतमा अब नयाँ सरकार गठनको लागि नेताहरूको दौडधूप सुरु भएको छ । 

बिबिसी हिन्दीबाट 

  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया