logo-img

‘सरकार र काठमाडौं महानगरबीचको टकराब राम्रो होइन, झगडिया नबन्नुहोस्’

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन् । 

बिहीबर प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने ‘गाइजात्रा’ले सरकारमाथि नै गम्भीर प्रश्न उठेको भन्दै त्यसलाई समन्वय गरेर सरकारको दायित्व पूरा गर्न आग्रह गरे । 

उनले भने,‘हालै संघीय सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने गाई जात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । त्यसैले तत्काल समन्वय होस् । सरकारी पक्षले अहङ्कार र झगडिया मानसिकता नबनाओस् । यसलाई समन्वय गरेर सरकारले आफ्नो दायित्व पूरा गरोस् ।’
 





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया