logo-img

सन्दीप लामिछाने अहिले विश्वकपको मैदानमा खेलिरहेको हुनुपर्थ्यो : विश्वप्रकाश शर्मा
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सन्दीप लामिछानेले आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्न पाउनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले अदालतले निर्दोष साबित गरेपछि पनि उनले विश्वकप खेल्न नपाउनुमा सरकार चुकेको आरोपसमेत लगाए । 

सांसद शर्माले सन्दीपलाई समयमै भिसाको वातावरण बनाउन किन नसकिएको भन्दै सरकारलाई प्रश्नसमेत गरे । ‘हिजो आरोप लागिरहेको बेला मैदानमा उत्रिन हुन्न भन्ने थियो, अदालतले निर्दोष साबित गरेपछि यसबेला सन्दीप विश्वकपमा खेल्नु पर्थ्यो, आफ्नो खेलाडीबारे अदालतको फैसला सूचित गरेर भिसाका लागि वातावरण बनाउन सरकारले समयमै उचित पहल गर्नु पर्दथ्यो । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ शर्माले भने ।

अमेरिकाले भिसा नदिएपछि सन्दीप विश्वकप खेल्न वञ्चित भएका हुन् । दुईपटक अन्तर्वार्ता लिँदा पनि अमेरिकी दूतावासले उनलाई भिसा नदिएको हो । भिसा नदिनुको कारण भने दूतावासले खुलाएको छैन । 

अमेरिका र वेस्ट इण्डिजमा जारी विश्वकपमा समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरिसकेको छ । नेपालले अब दोस्रो खेलमा ३० जेठमा श्रीलंकाको सामना गर्ने तालिका छ । 





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया