logo-img

जलविद्युतमा वैकल्पिक ऊर्जा मिश्रित अवधारणा आवश्यक : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सुक्खा याममा विद्युत् आयात गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि ऊर्जा मिश्रणको अवधारणामा जानुपर्ने बताएका छन् । 

प्रतिनिधि सभामा उठेका प्रश्नहरूको बिहीबार जवाफ दिँदै उनले वर्षा याम विद्युत् उत्पादन धेरै हुने र सुक्खा याममा कम हुने भएकाले जलविद्युतबाहेकका स्रोतमा लगानी बढाएर ऊर्जा मिश्रणको अवधारणा लागू गर्नु नै पर्ने बताए । 

उनले भने, ‘सुक्खा याममा आजको दिनमा पनि हामी आयात गर्नुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्य गर्नको लागि हामीले इनर्जी मिक्सको अवधारणामा जानै पर्ने हुन्छ । त्यो भनेको जलविद्युत मात्रले पुग्ने भएन, त्यसमा जलविद्युतको साथै सोलार पावर, विन्ड पावरलगायत सबै अन्य ऊर्जाको पनि प्रयोगबाट यो ऊर्जा मिश्रणको अवधारणाबाट गएर नै हाम्रो वर्षा याम र सुक्खायामको ग्याप फिल गर्नको लागि केही हदसम्म सक्छौ भने हाम्रो विश्वास हो । त्यस अर्थमा पनि सोलारको क्षेत्रमा काम गर्न जरुरी छ ।’ 

उनले आगामी आर्थिक वर्ष विद्युत् आयातभन्दा निर्यात बढी गर्न सकिने विश्वास पनि व्यक्त गरेका छन् । स्वच्छ ऊर्जाको महत्व आवश्यकताको सन्दर्भमा विश्वव्यापी विभिन्न फोरमहरूमा हुने छलफलमा अथवा जलवायु कूटनीतिको विषय पनि महत्वका साथ नै अगाडि आइरहेको उनले बताए ।

मुलुकमा अधिकांश आयोजना नदीको बहावमा आधारित रहने भएकाले पानी घट्दा ऊर्जा उत्पादन घट्छ । आन्तरिक माग नै धान्न पर्याप्त नभइरहेको सन्दर्भमा सौर्य र वायु ऊर्जाका विकल्पमा पनि ध्यान दिनुपर्ने उनले औँल्याए । जलविद्युत आयोजनाका उत्पादनमा वैकल्पिक ऊर्जाको मिश्रण हुन सके आन्तरिक माग धान्नुका साथै निर्यात पनि सहजीकरण हुने उनले बताए ।  





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया