logo-img

सुडानमा भएको आक्रमणमा एक सय जनाको मृत्यु
फाइल तस्बिर

मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको छ ।

सन् २०२३ अप्रिलदेखि नियमित सेनासँग युद्धमा रहेका र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले बुधबार अल–जजिरा राज्यको वाड अल–नौरा गाउँमा भारी तोपखानाले ‘दुई लहरमा’ आक्रमण गरेको मदनी प्रतिरोध समितिले जनाएको छ ।

डराएका अर्धसैनिक बलहरूले ‘गाउँमा आक्रमण हुदाँ कैयाँै विस्थापित हुनुका साथै  दर्जनौको ज्यान गएको’ बताएका छन्  । आक्रमणबाट सयौँ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने सयौँको सङ्ख्यामा मृतक तथा घाइते भएको पुष्टिको पर्खाइमा स्थानीयहरू रहेको स्रोतले जनाएको छ । 

सामाजिक सञ्जालमा समितिले सार्वजनिक चोकमा ‘सामूहिक हत्या’ भएको भन्दै आँगनमा सेतो कफनको पङ्क्ति राखिएको भिडियो फुटेज सार्वजनिक गरेको छन् । एक वर्षको समयभित्रै, युद्धले दशौँ हजार व्यक्तिको ज्यान लिएको छ ।  द्वन्द्वका कारण  पश्चिम डार्फर सहरमा १५ हजारभन्दा बढी मारिएका छन् ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरियेलोका अनुसार युद्धमा परी मृत्युवरण गर्नेहरूको  सङ्ख्या एक लाख ५० हजारको हाराहारीमा रहेको जनाउनुभएको छ । आरएसएफले सुडानका गाउँहरू, विशेष गरी अल–जाजिराको कृषि क्षेत्रमा बारम्बार घेराबन्दी र आक्रमण गरेको छ ।

बिहीबारको जानकारीमा आरएसएफले वाड अल–नौरा क्षेत्रका तीनवटा सैन्य शिविरमा आक्रमण गरी सहर बाहिर दुश्मनसँग भिडन्त गरेको बताएको छ । 





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया