logo-img

रुसी सेनासँग लडिरहेको युक्रेनलाई अमेरिकाले एक्लै छाड्दैन : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरि लोकतन्त्र जोखिममा रहेको बताएका छन् । पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको उनले बताए । 

दोस्रो विश्वयुद्धको डि–डे अवतरणको अवसरमा बिहीबार आयोजित समारोहमा अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘दोस्रो विश्वयुद्धको समाप्तिपछि कुनै पनि समयको तुलनामा विश्वभरमा लोकतन्त्र धेरै खतरामा रहेको समयमा हामी बाँचिरहेका छौँ । 

सन् १९४४ जुनमा नर्मन्डी समुद्री तटहरूमा लड्ने अमेरिका र अन्य मित्र देशहरूका सैनिकहरूलाई श्रद्धाञ्जलि दिँदै बाइडेनले ‘बलियो गठबन्धन’ महत्त्वपूर्ण रहेको बताए ।

राष्ट्रपति बाइडेनले दुई वर्षभन्दा धेरै समयदेखि आक्रमणकारी रुसी सेनासँग लडिरहेको युक्रेनलाई अमेरिकाले एक्लै नछाड्ने बताए । 





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया