logo-img

फिफा विश्वकप २०२६ छनोट : सुरुवाती ११ टोलीमा को-को छन् ?

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत यूएई विरुद्धको खेलका लागि सुरुवाती ११ घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसले नेपाल आर्मी क्लबका वसन्त जिम्बालाई डेब्युको मौका दिँदै टोली घोषणा गरेका हुन् ।

टोलीमा आर्मीका ५ मध्ये ३ खेलाडी सुरुवाती रोजाइमा छन् । आर्मीका जिलेस्पीजंग कार्की, भरत खवास र वसन्त सुरुवाती ११ मा परेका हुन् । 

गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली टोली रहनेछ । आजको खेल उनको ९९औँ अन्तराष्ट्रिय खेल हो । डिफेन्स लाइनमा अनन्त तामाङ, रोहित चन्द, विशाल बस्नेत र सौभाग्य राई रहेका छन् ।

मिडफिल्डमा भरत र वसन्तसँगै लाकेन लिम्बू रहनेछन् । यस्तै, फरवार्ड लाइनमा मनीष डाँगी, जिलेस्पी र सञ्जीव विष्ट रहेका छन् ।

विश्वकप छनोट खेलमा नेपालले आज युएईसँग खेल्दै छ । दुई देशबीचको खेल नेपाली समयानुसार बेलुका ९ः४५ बजे साउदी अरेबियामा सुरु भएको छ । 

एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालामा विश्वकप छनोटका खेलका लागि अनुपयुक्त रहेको भनेपछि दुवै खेल साउदी अरेबियामा हुन लागेको हो ।





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया