logo-img

मधेसमा नयाँ सरकार बन्दै, मुख्यमन्त्रीमा जनमतमा सतिश सिंह दाबी पेस गर्दै

जनमत पार्टीको पक्षमा सरकार बनाउने संख्या पुगेपछि आज मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले दाबी पेस गर्ने भएका छन् । हिजो जनमत पार्टीलाई ठूला पार्टीहरूको समर्थन प्राप्त हुने निश्चित भएपछि त्यसपार्टीका सदस्य सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो । 

प्रदेश सरकारमा को को रहने भनेर रातभर नै दलका नेताहरूको विभिन्न चरणमा छलफल भएको थियो । सरकारमा भागबण्डा मिल्ने अवस्था बनिसकेकाले आज प्रदेश सभा सदस्य सिंहले प्रदेश प्रमुख समक्ष सरकार बनाउने दावी पेश गर्ने तयारी गरेका छन् । 

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिइन् ।

११ मन्त्रालय रहेको मधेश प्रदेशमा जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिनाविभागीय मन्त्रालय पाउने सहमति छ । त्यस्तै साझेदार दलहरूबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय पाउनेछन् ।

नेकपा एकीकृत समाजवादीलाई कृषि, ऊर्जा तथा सिँचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको जनमत पार्टी निकट सूत्रले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया