logo-img

आफ्नो ‘शक्ति कमजोर’ बनेपछि सहयोगी दलका नेता फकाउँदै मोदी
फाइल तस्बिर

भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिसँग गठबन्धन सम्झौता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । 

विगत एक दशकसम्म स्पष्ट रूपमा शासन गरेको मोदीको हिन्दू–राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो अघिल्लो दुई फराकिला जित दोहोर्याउन भने असफल भएपछि गठबन्धन सम्झौता गर्नुपरेको हो ।

अर्को सरकार गठनका लागि औपचारिक स्वीकृति लिन मोदीले आफ्ना सहयोगी दलका नेतासहित शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट्नसक्ने बताइएको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)ले जनाएको छ । 

नेता मोदीले तेस्रो कार्यकालका लागि इच्छा प्रकट गरेपछि यसलाई समर्थन गर्दै एनडिएले बुधबार सर्वसम्मतिले नेताको रूपमा चयन गरेको छ । गठबन्धनले संसदमा दुई सय ९३ सिट हासिल गरेको छ । 

मोदीको पार्टीले गठबन्धनका सदस्यहरूको समर्थन प्राप्त गर्नका लागि के–कस्ता सम्झौता गरिएको थियो भन्ने खुलासा गरेको छैन तर ठूला दलहरूले महत्वपूर्ण मन्त्री पदहरू खोजिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

इन्डियन एक्सप्रेसले शुक्रबार दक्षिणी राज्य आन्ध्र प्रदेशको तेलुगु देशम पार्टी (टिडिपी) १६ सिटसहित सबैभन्दा ठुलो भाजपाको सहयोगीले नयाँ विधायिकी राजधानी निर्माण गर्ने योजनाको पुनरुत्थानका लागि दबाब दिने रिपोर्ट गरेको छ । 



यसैबिच, भाजपाको दोस्रो ठुलो सहयोगी, बिहार राज्यको जनता दल (युनाइटेड) पार्टीले सैन्य खर्च कटौती गर्न सरकारले सन् २०२२ मा सुरु गरेको विवादास्पद सेना भर्ती योजनाको समीक्षा गर्न खोजिरहेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले आइतबार प्रधानमन्त्रीका रूपमा शपथ लिने सम्भावना छ ।  



  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया