logo-img

सञ्चारमन्त्रीको दाबी- आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको छ, अझै राम्रो हुन्छ

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइटी डिकेट घोषणा गरेर आर्थिक वर्षलाई प्रस्थान विन्दुका रूपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता रहेको बताएकी छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले आइसिटिलाई महत्वका र सबैको एकरूपका साथ अगाडि बढाएको भन्दै निरन्तरको छलफल, प्रचारात्मक कामहरू र सबैको सहयोगले आइटी डिकेट घोषणा गर्न सफल भएको बताइन् । 

उनले भनिन्, ‘हामीले यो आइसिटिलाई जुन एउटा महत्वका साथ सरकारी निकायहरुका सबैका एकरुप बुझाइका साथ जसरी हामीले आइटी डिकेट घोषणा गर्न सक्यौं र यो आर्थिक वर्षलाई प्रस्थान विन्दुका रूपमा अगाडि बढाउँछौँ भनेर जुन सरकारले प्रतिबद्धता गरेको छ यो कुरा हाम्रो निरन्तरको छलफल र प्रचारात्मक कामहरू, आइसिटिका साथीहरू, सञ्चार मन्त्रालयलगायत प्रधानमन्त्रीको भिजन अर्थमन्त्रीको काम र हामी सबैको आइटी डिकेट घोषणा गर्नका ठूलो सहयोग छ । र आइटीलाई पहिलो पटक नेपालमा गेम चेन्जर प्रोजेक्टको रूपमा तेस्रो नम्बरमा समावेश गर्न सफल भयौँ । यो अत्यन्तै उत्साहजनक वातावरण हो ।’

यस्तै, उनले सरकारले डिजिटल नेपालको विषयलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेको भन्दै सबै निजी क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्ने गरे अगाडि बढ्ने बताइन् । 

उनले भनिन्, ‘यो डिजिटल नेपालको कुरा छ, वर्ल्ड बैंक अझै पनि यसका लागि तयार छ । हामीले नेपाल सरकारकै तर्फबाट पनि यो कार्यक्रमलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेका छौँ । त्यस कारण यी कार्यक्रमहरूलाई महत्वका साथ सरकारले अगाडी बढाएको छ र यसलाई परिमार्जन गर्ने भनेको छ । यो परिमार्जनको प्रक्रियामा अगाडि छौँ । यो आर्थिक वर्षदेखि डिजिटल नेपाल बनाउने कुरामा दृढताका साथ काम अगाडि बढ्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु । सबै सरकारी निकाय मात्र होइन, निजी क्षेत्र र वैदेशिक लगानी पनि यसमा आकर्षित गर्ने गरे हामी अगाडि बढ्न खोज्दै छौँ ।’

बजेट कार्यक्रम पारित नभए पनि नीति कार्यक्रम र बजेट वक्तव्यसम्म आइपुग्दा पनि आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको पनि उनको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया