logo-img

‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ मा निर्माण गरिएको ‘पाकिस्तान–नेपाल मित्रता पार्क’ आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । 

नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आज आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले उक्त पार्क हस्तान्तरण गरे । 

राजदूत हाश्मीले काठमाडौंमा पाकिस्तान–नेपाल मित्रता पार्क स्थापनामा सहकार्य गर्ने बुढानीलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौं र एचआरएस एडभेन्चर लिमिटेडको प्रशंसा गरे । साथै  पार्क निर्माणमा सहयोग गर्ने सामुदायिक र सामाजिक कार्यकर्ताका साथै सहयोग गर्ने सबैप्रति उनले कृतज्ञता व्यक्त गरे ।

उक्त पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहने र दुवै देशका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने बताए । राजदूत हाश्मीले द्विपक्षीय सम्बन्ध विश्वास, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदान र शिक्षा, स्वास्थ्य, वातावरण र औषधिलगायतका विभिन्न क्षेत्रमा सहयोगी प्रयासमा जोडिएको आधारमा निर्माण भएको उल्लेख गरे ।  

उक्त पार्क निर्माणका लागि नागरिक समाज र स्थानीयवासीले दूतावास नगरपालिकालाई धन्यवाद दिँदै बालबालिका युवा तथा वृद्धवृद्धाको स्वास्थ्यको हितमा प्रयोग गर्ने ‘ओपन एयर जिम’ स्थापना गरेकोमा खुसी व्यक्त गरे । 





  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया