logo-img

विश्वकपमा क्यानडाद्वारा आयरल्याण्डलाई १३८ रनको लक्ष्य
फाइल तस्बिर

आइसिसी विश्वकप टी–२० क्रिकेट प्रतियोगिता २०२४ अन्तर्गत समूह ‘ए’ को खेलमा क्यानडाले आयरल्याण्डलाई १ सय ३८ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

उसका लागि निकोलस किर्टनले ३५ बलमा तीन चौका र दुई छक्काहित सर्वाधिक ४९ रन बनाए । यस्तै, श्रेयस भोब्वाले ३७, प्रगत सिंहले १८ र आरोन जोनसनले १४ रन जोडे । आयरल्याण्डका लागि क्रेग योङ र ब्यारी म्याकार्थीले सर्वाधिक दुई/दुई विकेट लिए ।

जारी विश्वकपमा क्यानडा र आयरल्याण्ड पहिलो जितको खोजीमा छन् । क्यानडाले पहिलो खेलमा अमेरिका तथा आयरल्याण्डले भारतसँग पराजय बेहोरेका थिए । विश्वकपमा समूह ‘डी’ मा रहेको नेपालले पनि पहिलो खेलमा हारको सामना गर्‍यो ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले अब दोस्रो खेलमा आउँदो बुधबार श्रीलंकाको सामना गर्नेछ ।
 





  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया