logo-img

अफगानिस्तानले न्युजिल्याण्डलाई दियो १६० रनको लक्ष्य

आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्याण्डलाई १६० रनको लक्ष्य दिएको छ । प्रोभिडेन्समा जारी खेल टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो ।

अफगानिस्तानले उत्कृष्ट सुरुआत गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो । अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्दै खेललाई अघि बढाए । १४.३ ओभरमा इब्राहिम जर्दान ४१ बलमा ४४ रनको पारि खेलेर आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए ।

गुर्वाजलाई साथ दिन अज्मतुल्लाह ओमरजाई आएका थिए । यी दुई खेलाडीले २४ रनको मात्रै साझेदारी गरे । अज्मतुल्लाह १२ बलमा २२ रन बनाएर आउट भएका थिए । उनले दुई छक्का र एक चौका प्रहार गरे । मोहम्मद नावी गोल्डेन डकआउट भएपछि अफगानिस्तानले १७.४ ओभरमा टिमको स्कोर १३६ रन हुँदा तेस्रो विकेट पतन भयो । 

कप्तान रासिद खान ५ बलमा ६ रन बनाउँदै रन आउट भए । उनले एक चौका प्रहार गर । एक छेउमा टिकेका रमनुल्लाह गुर्वाज १९.२ औं ओभरमा आउट भएका थिए । उनले ५६ बल फेस गर्दा पाँच छक्का र पाँच चौकाको मद्दतले ८० रनको शानदार पारि खेले । उनलाई ट्रेन्ट बोल्टले पभेलियन पठाएका थिए ।

न्युजिल्याण्डका माट हेनरी र ट्रेन्ट बोल्टले दुई दुई विकेट लिँदा लोकी फर्गुसनले एक विकेट हात पारे । अफगानिस्तान लागतार दोस्रो जितको खोजिमा छ भने न्युजिल्याण्ड पनि पहिलो खेलमै जित निकाल्दै विश्वकप २०२४ को यात्रा सुरु गर्ने लक्ष्यमा छ । समूह सीमा अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई पराजित गरेको थियो ।  





  • प्रकाशित मिति : जेठ २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया