logo-img

१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले दुई विकेट गुमायो

आइसिसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई १२५ रनको लक्ष्य दिएको छ । नेपाल पनि रहेको समूह ‘डी’ को खेलमा दुवै टिम आज पहिलो जितको खोजिमा छन् । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने बंगलादेशले विश्वकपको पहिलो खेल खेल्दै छ ।

 डालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको हो । खराब सुरुआत गरेको श्रीलंकाका लागि पथुम निसनकाले सर्वाधिक ४७ रन बनाउँदा धनञ्जय डी सिल्भाले २१ तथा चरिथा असंलंकाले १९ रन बनाए । 

यस्तै, एन्जेलो म्याथ्युजले १६ रन जोड्दा कुशल मेन्डिसको ब्याटबाट १० रन बनेको छ । चार खेलाडीले खाता पनि खोल्न सकेनन् । बंगलादेशका रिसद होसेन र मुस्तफिजुर रहेमानले तीन तीन विकेट लिँदा तक्सिन अहमेदले २ विकेट हात पारे । तन्जिम हसन सकिबको नाउँमा एक विकेट रह्यो ।

१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशको जारी खेलमा तीन ओभरको खेल सकिँदा २ विकेट गुमाएर १६ रन बनाएर खेलिरहेको छ । 





  • प्रकाशित मिति : जेठ २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया