logo-img

अभिनेता कार्तिक आर्यनलाई भेटेर सेल्फी खिच्ने आशमा ८२ लाख खर्च !

बलिउड अभिनेता कार्तिक आर्यनको एक महिला फ्यानले उनलाई भेटेर सेल्फी खिच्ने आशमा ८२ लाख रुपैयाँ खर्च गरेकी छन् । तर, उनले त्यतिका पैसा खर्च गरे पनि आर्यानलाई भने भेट्न सकिनन् । 

वास्तवमा यो घटना मुम्बई प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो ।  मुम्बईमा कार्तिककी एक महिला फ्यान छिन्, जसले उनीसँग भेट्नका लागि झण्डै ८२ लाख रुपैयाँ खर्च गरिन् तर, कार्तिकलाई भेटाइदिन्छु भनेर पैसा असुल्ने व्यक्ति ठग निस्किए । 

हालैमात्र अम्बोली पुलिसले ती ठगलाई पक्रिए, जसले बलिउड स्टारलाई भेटाइदिने प्रलोभनमा उनीहरुका फ्यानबाट मोटो रकम लिएर फरार हुन्थे । ती व्यक्तिले बलिउडका स्टारसँग आफ्नो गहिरो सम्बन्ध रहेको दाबी गर्दै मोटो रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । 

पीडित महिलाका अनुसार कृष्णाले कार्तिक आर्यनलाई भेटाइदिन्छु भन्दै ती व्यक्तिले पैसा असुलेको र आफूले फिर्ता माग्न खोज्दा बेपत्ता भएका थिए । त्यसपछि उनको उजुरीका आधारमा प्रहरीले एक विशेष टिम बनाएर कृष्णालाई बेंगलुरुको ताज वेस्ट एण्ड होटलबाट पक्राउ गरेको थियो ।

गोरेगाउँकी ती महिलासँग सन् २०२२ मा कृष्णा शर्मा नामका एक ठगले ८२ दशमलब ७५ लाख रुपैंयाँ असुलेका थिए । २९ वर्षे ठग कृष्णाले आफ्नो कथित फिल्म ‘लभ इन लण्डन’ मा लगानी गरेमा आफूले कार्तिक आर्यनलाई भेटाइने भन्दै झुटो आश्वासन ति महिलालाई  दिएका थिए ।

प्रहरीका अनुसार कृष्णाविरुद्ध अम्बोली, वकोला, मुम्बई हवाई अड्डा, दिल्लीको कोनोट प्लेस र चेन्नईको ई ३ तेनाम्पेटको प्रहरी थानामा कैयौं धोखाधडीको मुद्धा छन् । प्रहरीमा उनीविरुद्ध परेको उजुरीमा सन् २०२२ देखि जुलाई २०२३ बीच उनले किस्तामा ८२ दशमलब २५ लाख रुपैंयाँ प्रोडक्सनलाई आवश्यक भन्दै असुलेका थिए । कृष्णाविरुद्ध प्रहरीले कारबाहीको प्रकृया अगाडि बढाएको छ । 



अभिनेता आर्यानको यही जून १४ मा फिल्म ‘चन्दु च्याम्पियन’ रिलिज हुँदैछ । फिल्मलाई लिएर उनका फ्यान उत्साहित छन् । 



  • प्रकाशित मिति : जेठ २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया