logo-img

स्वतन्त्रता दिवसमा ‘पुष्पा २’ र ‘वेदा’ भिड्दै

साउथका सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ सन् २०२१ मा रिलिज भएको थियो । यो फिल्मले कमाईको सारा रेकर्ड तोड्यो । यो फिल्मका दर्शकहरू यसको सिक्वेलको व्यग्र प्रतिक्षामा छन् ।

अल्लू, रश्मिका मन्दाना र फहाद फाजिल स्टारर फिल्मको सिक्वेल ‘पुष्पा २’ यसै वर्षको अगष्ट १५ मा रिलिज हुँदैछ । यही मितिमा अभिनेता जोन अब्राहमको फिल्म ‘वेदा’ पनि रिलिज हुँदैछ ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमार्फत अगष्ट १५ का दिन अल्लूको ‘पुष्पा २’ र जोनको ‘वेदा’ रिलिज हुने जानकारी दिएका छन् । ‘जोन अब्राहम, निखिल आडवाणी र जी स्टुडियोको फिल्म ‘वेदा’ अगष्ट १५ को स्वतन्त्रता दिवसको दिन ठूलो पर्दामा रिलज हुनेछ । 

‘बाटला हाउस’ र ‘सत्यमेव ज्यते’ पछि जोन अब्राहम र निखिल आडवाणीको यो तेस्रो फिल्म हो । जुन फिल्म स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज हुँदैछ’, तरणले ट्वीट गरेका छन् । यो फिल्ममा शर्वरी, अभिषेक बेनर्जी र तमन्ना भाटियाको पनि अभिनय छ ।

स्वतन्त्रता दिवसकै दिन रिलिज हुने ‘पुष्पा २’ सँग ‘वेदा’को भीडन्त कस्तो होला भनेर दर्शकहरू उत्साहित छन् । अधिकांशले ‘पुष्पा’को सफलतापछि ‘पुष्पा २’ले नयाँ सफलताको बाटो कोर्ने अनुमान लगाएका छन् । 





  • प्रकाशित मिति : जेठ २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया