logo-img

कांग्रेस नेता पौडेलको आरोप- गृहमन्त्रीमा राजनीतिक नैतिकता नै देखिएन, अहिलेसम्म सत्तामै छन्

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन भइसक्दा पनि सत्तामै बसिरहनु सान्दर्भिक नभएको बताएका छन् । लामिछानेमा नैतिकता नदेखिएको उनको आरोप छ । 

शनिबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि पदमा बसिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ जस्तै हो भने । नैतिकता बोध नगरिने अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय रहेको बताए । 

‘कांग्रेसले ७३ लाख जनता जोडिएको एउटा मुद्दालाई निर्णायक मोडमा पुर्‍याएको छ । कांग्रेसले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरु जोडिएको अवस्था हो । सत्तालाई सम्पूर्ण रूपमा दुरुपयोग मुद्दा उठ्न नदिन, गुपचुप राख्न, प्रमाण लुकाउन सम्पूर्ण रूपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको स्थिति थियो,’ उनले अगाडि भने, ‘हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिरहेका छौँ उहाँले राजीनामा दिनुपर्दैन भनेर फकाउने काम भएको छ ।’

उनले भने,‘कोही नाङ्गै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसद्ले छानबिन समिति गठन भयो, त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास एउटा गम्भीर प्रतिगामी कदम हो । ’

उनले नेपाली राजनीतिमा जसलाई प्रश्न छ उनलाई छानबिन गरिएको र तिनै व्यक्तिले सत्ता चलाउने खालको अभ्यास भइरहेको भन्दै त्यस्तो प्रवृत्ति कांग्रेसले अन्त्य गरेर छाड्ने जिकिर गरे । 





  • प्रकाशित मिति : जेठ २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया