logo-img

भारतीय कांग्रेसको संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत

भारतीय राष्ट्रिय कांग्रेसको संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएकी छिन् । नयाँदिल्लीस्थित संसद्को केन्द्रीय हलमा सम्पन्न कांग्रेस संसदीय दलको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । 

कांग्रेस संसदीय दलको बैठकमा अध्यक्ष मल्लिकार्जुन खड्गेले संसदीय दलको अध्यक्षका लागि सोनियाको नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा पार्टी नेता गौरव गोगोई, तारिक अनवर र के सुधाकरनले समर्थन गरेका थिए । 

बैठकमा युनाइटेड प्रोग्रेसिभ अलाएन्सका अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गे र महासचिव केसी वेणुगोपाललगायत धेरै प्रमुख कांग्रेसस नेता उपस्थित थिए । 

कांग्रेस संसदीय दलको बैठकमा कार्ति चिदम्बरम, राजीव शुक्ला, रणदीप सुरजेवाला, अजय माकन, पञ्जाबका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चन्नी र शशी थरुर पनि सहभागी थिए । 

कांग्रेस कार्यसमितिले पार्टीका सांसद राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेतामा नियुक्त गर्ने प्रस्ताव पारित गरेको थियो । 





  • प्रकाशित मिति : जेठ २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया