logo-img

टी–२० विश्वकप : दक्षिण अफ्रिकालाई नेदरल्याण्ड्सले दियो १०४ रनको लक्ष्य

आइसिसी टी–२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १०४ रनको लक्ष्य दिएको छ ।

न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १०३ रन बनायो ।

जारी विश्वकपमा नेदरल्याण्डस र दक्षिण अफ्रिकाले आ–आफ्ना पहिलो खेलमा जित हासिल गरेर २–२ अंक बटुलेका छन् । नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो ।

नेदरल्याण्ड्सका लागि साइब्रान्ड इन्जेलबेच्टले सर्वाधिक ४० रन बनाए । ४५ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । 

त्यस्तै विक्रमजित सिंहले १२, कप्तान स्कट एडवर्ड्सले १०, बास डे लीडेले ६ बनाए । लोगान भ्यान बेकले २३ रन बनाउँदा माइकल लेविट र तेजा निदामनुरु शून्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्ते, बार्टम्यान र मार्को जेन्सेनले दुई–दुई विकेट लिए ।
 





  • प्रकाशित मिति : जेठ २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया