logo-img

हमासले बन्धक बनाएका चारजनालाई इजरायलले गर्यो जीवितै उद्धार

इजरायलले हमासले बन्धक बनाएका चारजना बन्धकलाई जीवितै उद्धार गरेको दाबी गरेको छ । शनिबार आफ्नो सेनाले चारजना बन्धकलाई मुक्त गरेको इजरायलको दाबी छ । 

संयुक्त राष्ट्रसंघले गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमणको छानबिन गरिरहेको छ । यता, इजरायलले भने सुरक्षा कारबाहीलाई निरन्तरता दिइरहेको छ । सो क्रममा चारजना बन्धकलाई जीवितै रिहा गरिएको इजरायली सेनाको जिकिर छ । 

हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारैजनालाई अपहरण गरेको सेनाले जनाएको छ। गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा उनीहरू अपहरणमा परेका थिए । 

उद्धार गरिएकामा २५ वर्षीय नोआ अर्गमानी, २१ वर्षीय अल्मोग मेइर जनवरी, २७ वर्षीय आन्द्रे कोज्लोभ र ४० वर्षीया श्लोमी जिभ रहेका छन्। 





  • प्रकाशित मिति : जेठ २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया