logo-img

विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित, इंग्ल्याण्डलाई ३६ रनले हरायो

अमेरिका र वेस्ट इण्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो दर्ता गरेको छ । दोस्रो जित निकाल्नेक्रममा अस्ट्रेलियाले गएराति सम्पन्न खेलमा चिरपरिचित प्रतिद्वन्द्वी इंग्ल्याण्डलाई ३६ रनले हरायो ।

उसले पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । इंग्ल्याण्ड भने पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा वर्षाका कारण स्कटल्याण्डसँग अंक बाँडेको थियो ।

आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान जोस बटलरले ४२, फिल साल्टले ३७, मोइन अलीले २५, ह्यारी ब्रुकले अविजित २०, लियाम लिभिङस्टोनले १५ र विल ज्याक्सले १० रन बनाए । 

अस्ट्रेलियाका लागि प्याट कमिन्स र एडम जाम्पाले दुई/दुई तथा जोस हेजलउड र मार्कस स्टोइनिसले एक/एक विकेट लिए । त्यसअघि बार्बाडोसस्थित केन्सिङ्टन ओवलमा  टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन बनायो । 

उसका लागि डेविड मिलरले ३९, कप्तान मिचेल मार्शले ३५, ट्रभिस हेडले ३४, मार्कस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८, म्याथ्यू वेडले अविजित १७ र टिम डेविडले ११ रन बनाए । इंग्ल्याण्डका लागि क्रिस जोर्डनले दुई, लियाम लिभिङस्टोन, मोइन अली, आदिल राशिद र जोफ्रा आर्चरले एक/एक विकेट लिए ।  

यो जितपछि समूह ‘बी’ मा रहेको अस्ट्रेलियाले दुई खेलबाट चार अंक जोडेको छ । ऊ अहिले तालिकाको शीर्ष स्थानमा छ । यस्तै, इंग्ल्याण्ड एक अंकका साथ चौथो स्थानमा छ । 
गएराति नै सम्पन्न खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई चार विकेटले हरायो । यो जितपछि समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले दुई खेलबाट चार अंक जोडेको छ । ऊ अहिले शीर्ष स्थानमा छ । 



यस्तै, तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले दुई खेलबाट दुई अंक जोडेको छ । यही समूहमा रहेको नेपाल चौथो स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ ।नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।  



  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया