logo-img

भारत-पाकिस्तानबीचको ‘हाइभोल्टेज’ खेल आज, हेड टु हेडमा को अगाडि ?

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदै छन् ।

समूह ‘ए’ अन्तर्गत हुने भारत–पाकिस्तानबीचको ‘हाइभोल्टेज’ खेल राति सवा ८ बजेदेखि अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा सुरु हुनेछ ।

जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डविरुद्ध जित निकालेको थियो । उसले पहिलो खेलमा ८ विकेटको फराकिलो जित निकालेको हो । गत संस्करणको उपविजेता पाकिस्तानले भने पहिलो खेल खेलमा अमेरिकासँग सुपर ओभरमा हार बेहोर्‍यो । ऊ पहिलो जितको खोजीमा ।

टी–२० विश्वकपमा हेड टु हेड हेर्दा हालसम्म भारत र पाकिस्तानले सात खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भारतले पाँच र पाकिस्तानले एक खेलमा जित निकालेको रेकर्ड छ ।

यी दुई टिमबीचको एक खेल भने रद्द भएको छ । हाल आइसिसी टी–२० वरीयतामा भारत पहिलो र पाकिस्तान छैटौँ स्थानमा छ ।  





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया