logo-img

टी-२० विश्वकपमा वेस्ट इण्डिजले युगान्डालाई दियो १७४ रनको लक्ष्य

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा आयोजक वेस्ट इण्डिजले युगान्डालाई १ सय ७४ रनको लक्ष्य दिएको छ । गयानास्थित प्रोभिडेन्स स्टेडियममा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनायो । 

उसका लागि जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले अविजित ३०, कप्तान रोभम्यान पावेलले २३, निकोलस पूरनले २२ र ब्रेण्डन किंगले १३ रन बनाए । युगान्डाका लागि ब्रायन मसाबाले २ ओभरमा ३१ रन दिएर सर्वाधिक दुई विकेट लिए । 

समूह ‘सी’ मा रहेको वेस्ट इण्डिजले पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई हराएको थियो । ऊ अहिले दुई अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, युगान्डा दुई अंकका साथ तेस्रो स्थानमा छ ।  





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया