logo-img

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्धको रिट आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ । कोशीमा एमाले संसदीय दलका नेता  हिक्मत कार्की संविधानको धारा १६८ (५) अनुसार २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए। 

कार्कीले ३१ वैशाखमा प्रदेश सभामा विश्वासको मत लिए । कार्कीको विश्वासको मतको प्रक्रियाअघि नै अदालतमा रिट दर्ता भएको थियो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २७ वैशाखमा नै रिट दर्ता गरेका थिए । 

सरकार गठन असंवैधानिक भएको रिटमा जिकिर गरिएको छ । 





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया