logo-img

मिडियासँग किन तर्किन्छन् शाहरुख ?

बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडिया प्रेमी’ सेलिब्रेटीका रूपमा चिनिन्थे । तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्कँदै हिँडिरहेका छन् । उनी मिडिया अगाडि देखिँदा पनि मास्क, छाता र अनुहार छोप्ने लुगा लगाएर हिँड्न थालेका छन् ।

मिडिया प्रेमी शाहरुख मिडियासँग किन तर्किएर हिँडिरहेका छन् ? बलिउडमा अहिले चासोको विषय बनेको छ । छोरा आर्यन खान लागु औषध मामलामा पक्राउ परे लगत्तै मिडियामा उनको विषयमा समाचार निरन्तर आएपछि शाहरुखको मिडियाप्रति हेर्ने दृष्टिकोण फेरिएको छ । उनी मिडियासँग निकै रिसाएका छन् ।

सन् २०२१ मा लागु औषध मामलामा आर्यन पक्राउ परेपछि शाहरुख विशेषतः पापराजीलाई बेवास्ता गर्दै आएका छन् । हालै मात्र मुम्बईका फोटोग्राफर बरिन्दर चावलाले एक घटनामा आफूलाई ‘पठान’ अभिनेता शाहरुखले फोन गरेको स्मरण गरे ।

सन् २०२३ मा ‘पठान’ रिलिज भएपछि बरिन्दरको टिमले शाहरुखलाई भेटेको थियो । शाहरुखलाई भेट्दा शाहरुखले आफ्नो गोपनियतामा हस्तक्षेप भएको महसुस गरेका थिए । ‘त्यसपछि शाहरुख रिसाएर उनको पीआरलाई फोन गरे । उनले पीआरलाई मेरो टिमले खिचेको भिडियो प्रयोग नगर्न भने । त्यसपछि मेरो टिमले शाहरुखको गोपनियतामा हस्तक्षेप गरेकोमा उनीसँग माफी मागेँ’, उनले भनेका छन् ।

त्यसपछि शाहरुखको मेनेजरले बरिन्दरलाई फोन गरेर शाहरुखले उनीसँग कुरा गर्न चाहेको बताएका थिए । बरिन्दरसँग शाहरुखले ५ मिनेट कुरा गरेपछि आर्यनसँग शाहरुखको कति प्रेम छ भन्ने महसुस गरे । ‘शाहरुखको छोराका विषयमा कसैले नकारात्मक कुरा गरे भने शाहरुख दुःखी हुन्छन् । छोराका लागि मिडियाले गरेको कामप्रति शाहरुख पागल भएका छन्’, बरिन्दरले भनेका छन् ।

आर्यन जेलमा रहँदा शाहरुख उनलाई भेट्न गएका थिए । त्यो समयमा जेल बाहिर फोटोग्राफरको भीड लागेको थियो । यो घटनापछि शाहरुख मास्क लगाएर, छाता ओढेर आफ्नो अनुहार मिडियामा नदेखाउने गरी हिँड्न थालेका छन् । 





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया