logo-img

दैलेखमा कर्णाली नदीको झोलुङ्गे पुलमा खच्चर फसे

दैलेखमा कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चर फसेका छन् । दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा १४ वटा खच्चर फसेका हुन् ।  

आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चर फसेको आठबीस नगरपालिका–४ का वडाध्यक्ष टेकबहादुर माझीले जानकारी दिए । 

अहिले पुलको हिँड्ने भाग एकातर्फ झुकेको छ । उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेको स्थानीय दीलबहादुर थापाले बताए । दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहालका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ ।  

 

 





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया