logo-img

युरोपियन संघको चुनाव : अन्तिम दिन मतदान जारी

युरोपियन सङ्घको चुनावको अन्तिम दिन आइतबार फ्रान्स, जर्मनीलगायत २१ वटा युरोपेली देशमा मतदान सुरु भएको छ । युक्रेनको युद्ध, अमेरिका–चीन प्रतिद्वंद्विताले चिह्नित विश्वव्यापी व्यापार र औद्योगिक तनाव, जलवायु आपतकाल आदि समस्या सामना गरिरहेको यो महाद्वीपका लागि यो एक महत्वपूर्ण समय हो ।  

मतदानको नतिजाले ब्लकको अर्को संसद र अप्रत्यक्षरूपमा शक्तिशाली युरोपेली आयोगको संरचना निर्धारण गर्नेछ, जसले आगामी पाँच वर्षमा युरोपेली सङ्घका नीतिहरूलाई आकार दिन मद्दत गर्नेछ । 

‘युरोपेली संसदले आफ्नो सही भूमिका खेल्नका लागि यो निर्वाचन महत्त्वपूर्ण छ, यसले सबै युरोपेली नागरिकहरूको दैनिक जीवनमा भूमिका खेल्नुपर्छ’, मतदाता कोस्टास कारागियानिसले एथेन्सको मतदान केन्द्रबाट भने ।

आगामी युरोपेली संसदको ७ सय ७० सिटमध्ये अधिकांशमा मध्यमार्गी मुख्यधाराका दलहरूले कब्जा गर्ने प्रक्षेपण गरिएको छ । तर, जनमत सर्वेक्षणले बलियो अति दक्षिणपन्थीले यस धारलाई रुढीवादतर्फ धकेल्दा उनीहरू कमजोर हुने अनुमान गरेको छ ।  





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया