logo-img

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा
फाइल तस्बिर

कोशी सरकार गठनविरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतले पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलास तोकेको थियो ।  

न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेका थिए । त्यहीकारण आइतबार कार्कीको रिट हेर्न नमिल्ने सूचीमा परेको हो । 

केदार कार्कीले गत २७ वैशाखमा मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया