logo-img

विकासका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकास, समृद्धि र विकास लक्ष्यहरूको परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा भएको ‘वर्तमान वैश्यिक परिदृश्यमा ज्ञान परम्परा नेपाल–भारतको सांस्कृतिक सन्दर्भ’ विषयक दुई दिवसीय संगोष्ठीमा उनले सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच आवश्यक रहनका साथै विकास लक्ष्यहरूको परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताए ।

उनले भने,‘सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच आवश्यक रहन्छ । नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक छ ।’

उनले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको भन्दै नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गरे ।  





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया